मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेप्सेको कारोबार ७९ करोडमा ओर्लियो, ६ अंकको गिरावट

मङ्गलबार, १९ भदौ २०८०, १५ : ४२
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप ६.४५ अंकले घटेर १९ सय ६१.३७ अंकको विन्दुमा ओर्लिएको छ । नेप्सेमा सूचिकृत अधिकांश सूचक ऋणात्मक हुँदा यस दिन कारोबार रकममा समेत अनपेक्षित गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो बजारको सेयर कारोबार ७९ करोड ६८ लाख ७० हजारमा खुम्चिदा जम्मा २४ लाख ८० हजार कित्ता सेयर मात्र किनबेच भएको छ । 

आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । 

तथापि, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने निरुदी लघुवित्त वित्तीय संस्थाको मूल्य ९.८५ प्रतिशतले बढेको छ । 

तर यता आरबीबी म्युचुअल फन्ड २ को मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने लिबर्टी ईनर्जी कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप