नेप्सेको कारोबार ७९ करोडमा ओर्लियो, ६ अंकको गिरावट
मङ्गलबार, १९ भदौ २०८०, १५ : ४२
काठमाडौँ । निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप ६.४५ अंकले घटेर १९ सय ६१.३७ अंकको विन्दुमा ओर्लिएको छ । नेप्सेमा सूचिकृत अधिकांश सूचक ऋणात्मक हुँदा यस दिन कारोबार रकममा समेत अनपेक्षित गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो बजारको सेयर कारोबार ७९ करोड ६८ लाख ७० हजारमा खुम्चिदा जम्मा २४ लाख ८० हजार कित्ता सेयर मात्र किनबेच भएको छ ।
आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।
तथापि, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने निरुदी लघुवित्त वित्तीय संस्थाको मूल्य ९.८५ प्रतिशतले बढेको छ ।
तर यता आरबीबी म्युचुअल फन्ड २ को मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने लिबर्टी ईनर्जी कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण