मलेसियाले अष्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हट्यो
क्वालालम्पुर । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।
पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक सङ्क्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रुपमा बाँझपन हुनाका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्यु समेत हुनसक्ने तर मानिसलाई कुनै जोखिम नहुने बताएका छन्
मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध आजदेखि हटाइएको भेटेनरी सेवा विभागले एक विज्ञप्ति निकालेर बताएको छ । अष्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि आयात प्रतिबन्ध हटाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । इन्डोनेसियाका अधिकारीहरूले पहिले नै १३ वटा चौपायामा एलएसडी लागेको जनाउँदै चार स्थानबाट आयात रोकेका थिए ।
अष्ट्रेलियाका भेटेरिनरी प्रमुख मार्क सिपले आफ्नो देशका गाईवस्तुमा एलएसडी लागेको खबर सत्य नभएको दाबी गर्दै त्यसलाई अस्वीकार गरेका छन् । साथै उनले उक्त रोगबाट अष्ट्रेलिया मुक्त रहेको बताएका छन् ।
मलेसियाले अष्ट्रेलियाबाट वर्सेनि करिब ५५ लाख डलर बराबरको गाई–भैंसी आयात गर्दै आएको छ । आयात प्रतिबन्ध हटाइएको निर्णयले उद्योग र सबै मलेसियालीहरूलाई राहत मिल्ने विश्वास मलेसियाली भेटेनरी सेवा विभागले व्यक्त गरेको छ ।
अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो । गत वर्ष इन्डोनेसियाले अस्ट्रेलियाबाट तीन लाखभन्दा बढी गाई आयात गरेको थियोभने यो वर्ष एक लाख ५३ हजार चौपाया खरिद गरिएको इन्डोनेसियाका अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण