बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सिमाना बन्द गर्नुपर्छ : वामदेव गौतम

बुधबार, २० भदौ २०८०, १५ : ४३
बुधबार, २० भदौ २०८०

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द गर्नुपर्ने बताएका हुन् । 

नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ सुनदेखि मानव तस्करीसमेत हुने गरेको भन्दै उनले खुला सिमाना तत्काल बन्द गराउनुपर्ने धारणा राखे । उनले संसारमा कुनै पनि देशमा केही क्षेत्रमा बाहेक सिमाना खुला नभएको जिकिर गरे । 

‘नेपालबाट भारत र भारतबाट नेपालतर्फ सुन तस्करी, मानव तस्करी, सामान तस्करी, पशु तस्करी हुने गरेको छ । यसले देशको अर्थतन्त्रलाई निकै कमजोर बनाएको छ । नेपालको अर्थतन्त्र बलियो बनाउन पनि खुला सिमाना बन्द गर्नुपर्छ’, उनले भने ।  

कार्यक्रममा गौतमले १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप