नेपाल–भारत सिमाना बन्द गर्नुपर्छ : वामदेव गौतम
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द गर्नुपर्ने बताएका हुन् ।
नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ सुनदेखि मानव तस्करीसमेत हुने गरेको भन्दै उनले खुला सिमाना तत्काल बन्द गराउनुपर्ने धारणा राखे । उनले संसारमा कुनै पनि देशमा केही क्षेत्रमा बाहेक सिमाना खुला नभएको जिकिर गरे ।
‘नेपालबाट भारत र भारतबाट नेपालतर्फ सुन तस्करी, मानव तस्करी, सामान तस्करी, पशु तस्करी हुने गरेको छ । यसले देशको अर्थतन्त्रलाई निकै कमजोर बनाएको छ । नेपालको अर्थतन्त्र बलियो बनाउन पनि खुला सिमाना बन्द गर्नुपर्छ’, उनले भने ।
कार्यक्रममा गौतमले १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण