नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताएका छन् । बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले नेपालमा पछिल्लो समय केही तत्त्वहरूले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गरे । उनले नेपाल सबै जाती, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्त्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । उनले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे ।
मन्त्री किराँतीले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण,विकास,संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गरे । उनले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको बताए ।
मन्त्री किराँतीले नेपाल प्राकृतिक,धार्मिक र सांस्कृतिक रुपमा धनी, ठूलो र सुन्दर रहेको बताए । संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल पहाड तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीहरुको मौलिकता रहेको उनको भनाई छ ।
मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हिरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्राण्डिङ गर्न सक्नुपर्ने बताए । उनले संसारका मानिसहरुलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे । नेपालको जंगल, जडिबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिक रुपमा धेरै माथि पुग्ने उनले बताए ।
मन्त्री किराँतीले मुलुकमा गीतसंगीतको क्षेत्रबाट योगदान पु¥याउने सष्ट्राहरुलाई राज्यले सम्मान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण