सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन : मन्त्री किराँती

बुधबार, २० भदौ २०८०, १७ : ५१
बुधबार, २० भदौ २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताएका छन् । बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री किराँतीले नेपालमा पछिल्लो समय केही तत्त्वहरूले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गरे । उनले नेपाल सबै जाती, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्त्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । उनले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे । 

मन्त्री किराँतीले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण,विकास,संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गरे । उनले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको बताए । 

मन्त्री किराँतीले नेपाल प्राकृतिक,धार्मिक र सांस्कृतिक रुपमा धनी, ठूलो र सुन्दर रहेको बताए । संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल पहाड तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीहरुको मौलिकता रहेको उनको भनाई छ । 

मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हिरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्राण्डिङ गर्न सक्नुपर्ने बताए । उनले संसारका मानिसहरुलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे । नेपालको जंगल, जडिबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिक रुपमा धेरै माथि पुग्ने उनले बताए ।

मन्त्री किराँतीले मुलुकमा गीतसंगीतको क्षेत्रबाट योगदान पु¥याउने सष्ट्राहरुलाई राज्यले सम्मान गर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप