शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

चीनसँगको विद्युत सम्झौताबारे भारतीय सञ्चारमाध्यमको चासो- ‘नेपाल किन यो सम्झौता गर्दैछ ?’

बुधबार, २० भदौ २०८०, १७ : ५४
बुधबार, २० भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा हुने ‘विद्युत खरिद सम्झौता’बारे भारतीय सञ्चारमाध्यमले चासो राखेका छन् । बीबीसी हिन्दीले निकट भविष्यमै हुने चीनसँगको विद्युत खरिद–बिक्री सम्झौताबारे चासो राख्दै ‘नेपाल किन चीनसँग यो सम्झौता गर्दैछ ?’ भन्ने समाचार उल्लेख गरेको हो ।

समाचारमा लेखिएको छ ‘नेपाल चीनसँग एक बिजुली सम्झौता हस्ताक्षरको तयारी गरिरहेको छ ।’ नेपालका अधिकारीहरुका अनुसार ५ वर्षअघि सिमामा प्रसारणलाइन बनाउने सम्झौता नेपालको प्राथमिकतामा नरहेको उल्लेख गरिएको छ । यसपटक हुने सम्झौतामा २२० केभी क्षमताको चिलिमे–केरुङ प्रसारण लाइन प्राथमिकतामा छ ।

सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा स्टेट ग्रीड कर्पोरेशन अफ चाइना र नेपाल इलेक्ट्रिसिटी अथोरिट’ बीच सम्झौता भएको थियो । उक्त सम्झौतामा रातमाटे–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको योजना समेटिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका प्रवक्ता मधु भेटवालले बीबीसीसँग भने– ‘नेपालको बिजुली तिब्बतमा बेच्ने योजना छैन । तर, केरुङ–चिलिमे प्रसारणलाइन बनाउनु नै नेपालको प्राथमिकता हो र रातमाटे–केरुङ प्रसारणलाइन निर्माणको काम केही समयपछि अघि बढ्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप