नेपाल आइपुग्यो अमेरिकी वायुसेनाको जहाज
काठमाडौँ । १२ सदस्यीय टोलीसहित अमेरिकी वायुसेनाको जहाज नेपाल आइपुगेको छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौँ आइपुगेको हो ।

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करण भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने तय भएको छ ।
त्यसका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार अमेरिकी वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमान शुक्रबार फिर्ता हुने कार्यक्रम रहेको छ ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।
नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बंगलादेश, इजरायल लगायत देशहरूका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ ।
यसैबीच, संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्सरसाइज कम्ब्रेन पेट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली बुधबार प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण