‘राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताएका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले पछिल्लो समय लगातार रुपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताए ।
अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगायएको १२ करोडको सीमाले प्रभावित बनाएको दाबी गरे । उनले शेयर कर्जा सहज बनाउन सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका उल्लेख गरे ।
महतले सरकार शेयर कारोबारले सहज रुप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताहरुको लगानी डुब्न नदिने बताए । शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भिर रहेको भन्दै यसलाई पारदर्शी,नीतिगत,प्रक्रिया र प्रणालीगत सुधार ल्याउने उनको भनाइ छ । उनले शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानूनले छुट दिएको बताए ।
उनले भने, ‘शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्न कानूनले छुट दिएको छ । शिक्षक,डाक्टर,इन्जिनियर अन्य पेशा व्यवसायमा लगायत सबैले शेयर बजारमा लगानी गर्नसक्छन् ।कसैले पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्छन् । कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले पनि लगानी हुन्छ । यस्तो लगानीलाई हामीले अनुचित मान्नु हुँदैन । त्यही कारणले शेयर कारोबार र मूल्य घट्यो वा आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न हुँदैन । शेयर कारोबारमा कोही पनि अनुचित रुपमा नगिउन । केही व्यक्तिहरुले शेयर कारोबारमा मेनुपुलेशन गर्न नपाउन इन्साइडर ट्रेडिङ गर्न नपाउन र सूचना चुहाएर शेयर बजार प्रभावित बनाउन नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेका छौं । शेयर कारोबारमा मूल्य गिरावट आएको छ । त्यसको विविध कारणहरु छन् । केही कारोबारमा राखिएका प्रतिवन्धले पनि बजार प्रभावित भएको छ । तथापी यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमन बाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौं । हामी चाहन्छौं यो शेयर कारोबारले सहज रुप लियोस् । लगानीकर्ताहरुको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भिर छ । यसलाई पारदर्शी बनाउने,नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भिर छ ।’
उनले पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्ने र कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने बताए । उनले अन्य पेशा व्यवसायीका मानिसहरुले शेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण