अस्पतालमा राजनीतिक भागबन्डामा नियुक्ति गर्नु हुँदैन : सांसद कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबन्डाको आधारमा नियुक्ति गर्नु नहुने बताएकी छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा. कार्कीले अस्पतालमा राजनीतिक भागबन्डाका आधारमा निर्देशक नियुक्ति हुने गरेको भन्दै त्यसो गर्नु नहुने बताएकी हुन् ।
मन्त्री नयाँ आएपिच्छ निर्देशक फेरिँदा अस्पतालको अवस्थाको बारेमा निर्देशकलाई नै थाहा नहुने गरेको उनको भनाई छ । उनले बिरामीको उपचारमा अस्पतालका भौतिक पूर्वाधार, उपकरण, स्वास्थ्यकर्मी, व्यवस्थापन, सरकारको नीति र अस्पतालका प्रोटोकलको कुरा जोडिने भएपनि चिकित्सकहरुलाई मात्रै दोषारोपण गर्ने गरिएको बताइन् ।
सांसद कार्कीले काठमाडौँजस्तो केन्द्रमा रहेको कान्ति बाल अस्पतालमा बालिकाले उपचार नपाएर मर्नुपर्ने अवस्था आउनु लज्जास्पद र दुःखदायी कुरा भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण