‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने
काठमाडौँ । ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनको मस्यौदा पारित गर्दै संसदमा पेश गर्ने निर्णय गरेको थियो ।
सोही आधारमा मन्त्रिपरिषद् कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइनेछ । त्यहाँबाट मस्यौदालाई संसद् सचिवालयमा दर्ता गराइने कार्यक्रम छ ।
शिक्षामन्त्री अशोककुमार राईले अब बस्ने संसद् बैठकमा ऐनको मस्यौदा पेश गर्नेगरी तयारी भइरहेको बताए । ‘ऐनको मस्यौदा यो हप्ता संसदमा पेश हुन्छ । त्यहीबाट आवश्यक छलफल गरेर पास हुनेछ ।’ उनले भने ।
यसअघि गत साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेश गर्ने निर्णय गरेको थियो । मस्यौदामा उल्लेख भएका विभिन्न विषयमा चौतर्फी आलोचना भएको थियो । निजी विद्यालय सञ्चालकहरू, शिक्षक संघ संस्था लगायतका सरोकारवाला पक्ष मस्यौदाको विरोधमा उत्रिएका थिए ।
त्यसपछि सरकारले संसद्मा पेश नगरी आवश्यक संशोधनका लागि मन्त्रिपरिषद्कै विधेयक समितिमा फिर्ता पठाइएको थियो । समितिमा आवश्यक संशोधन गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो ।
उक्त ऐनको मस्यौदा अहिले सर्वत्र चासोको विषय बनेको छ । शिक्षा ऐन जारी भएको ५२ वर्षपछि र संविधान जारी भएको ८ वर्षपछि ऐन आउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण