‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने

काठमाडौँ । ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनको मस्यौदा पारित गर्दै संसदमा पेश गर्ने निर्णय गरेको थियो ।
सोही आधारमा मन्त्रिपरिषद् कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइनेछ । त्यहाँबाट मस्यौदालाई संसद् सचिवालयमा दर्ता गराइने कार्यक्रम छ ।
शिक्षामन्त्री अशोककुमार राईले अब बस्ने संसद् बैठकमा ऐनको मस्यौदा पेश गर्नेगरी तयारी भइरहेको बताए । ‘ऐनको मस्यौदा यो हप्ता संसदमा पेश हुन्छ । त्यहीबाट आवश्यक छलफल गरेर पास हुनेछ ।’ उनले भने ।
यसअघि गत साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेश गर्ने निर्णय गरेको थियो । मस्यौदामा उल्लेख भएका विभिन्न विषयमा चौतर्फी आलोचना भएको थियो । निजी विद्यालय सञ्चालकहरू, शिक्षक संघ संस्था लगायतका सरोकारवाला पक्ष मस्यौदाको विरोधमा उत्रिएका थिए ।
त्यसपछि सरकारले संसद्मा पेश नगरी आवश्यक संशोधनका लागि मन्त्रिपरिषद्कै विधेयक समितिमा फिर्ता पठाइएको थियो । समितिमा आवश्यक संशोधन गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो ।
उक्त ऐनको मस्यौदा अहिले सर्वत्र चासोको विषय बनेको छ । शिक्षा ऐन जारी भएको ५२ वर्षपछि र संविधान जारी भएको ८ वर्षपछि ऐन आउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य