सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री भन्छन्– ‘राष्ट्रिय सहमतिको सरकार गठन गरौँ’

शुक्रबार, २२ भदौ २०८०, २२ : ४४
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखेका छन् । पर्यटन यातायत व्यावसायी सङ्घको २० औँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए ।

मन्त्री किरातीले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका साथै देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गरे । पर्यटनमन्त्री किरातीले कोशी प्रदेश सरकारबाट सहमतिको सरकारको ढोका खुलेको भन्दै अरु बाँकी छ प्रदेशसँगै केन्द्रमा पनि सर्बदलीय सरकार गठन गरिनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप