जोकोभिच युएस ओपनको फाइनलमा
शनिबार, २३ भदौ २०८०, ०७ : ०९
न्युयोर्क । नोभाक जोकोभिचले अमेरिकी युवा खेलाडी बेन शेल्टनको चुनौतीलाई पन्छ्याउँदै अमेरिकामा जारी युएस ओपनको फाइनलमा प्रवेश गरेका छन् । योसँगै उनी कीर्तिमानी २४ औँ मेजर उपाधिको नजिक पुगेका छन् ।
३६ वर्षीय सर्बियन खेलाडी जोकोभिचले २० वर्षीय शेल्टनलाई ६–३, ६–२, ७–६ (७–४) ले पराजित गरेका हुन् । योसँगै पुनः एकपटक फाइनलमा कार्लोस आल्काराजसँग जोकोभिचको भिडन्त हुने सम्भावना देखिएको छ ।
साबिक विजेता अल्काराजले दोस्रो सेमिफाइनलमा ड्यानिल मेडभेडेभसँग भिडिरहेका छन् । २० वर्षीय अल्कारेजले गत जुलाईमा विम्बल्डनको फाइनलमा जोकोभिचलाई हराएका थिए ।
सन् २०२१ को युएस ओपनको फाइनलमा जोकोभिच मेडभेडेभसँग पराजित भएका थिए । गत वर्ष कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण जोकोभिचलाई अमेरिकामा प्रवेश गर्न दिइएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण