मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कस्ता छन् आइफोन १५ मा नयाँ विशेषता, कति पर्छ मूल्य ? (भिडियोसहित)

शनिबार, २३ भदौ २०८०, १४ : २५
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । एप्पल अर्थात् आइओएस ब्राण्ड भन्नासाथ संसारभर चर्चामा आउने गर्दछ । एप्पल कम्पनीले आफ्ना नयाँ उत्पादन लञ्च गर्ने समयमा नयाँ उत्पादनप्रति ग्राहकहरूको चासो पनि उत्तिकै रहने गरेको छ । नेपालमा पनि एप्पल कम्पनीका सामग्रीहरूको चर्चासँगै माग पनि उच्च रहने गरेको छ ।

अबको केहि दिनमा एप्पलले आइफोन मोबाइलको को नयाँ सिरिज ‘आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स’ गरि ४ वटा मोडेल सार्वजनिक गर्दै छ । यी फोनहरूका बारेमा विश्व बजार अवेटेड छ । अर्थात् आइफोनका प्रयोगकर्ताहरू अब लञ्च हुने सिरिज र यसमा समावेश भएर आउने फिचर्सका बारेमा चासोका साथ हेरिरहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरि आइफोन १५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

एप्पलले सेप्टेम्बर १२ मा आधिकारिक रुपमा यी सिरिजहरू सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ ।  आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्ने प्रयोगकर्ताहरुको गुनासोलाई एप्पलले विशेष सतर्कता अपनाएर आइफोन १५ का मोडेलहरु बनाएको रिपोर्टहरुमा उल्लेख छ ।

आइफोनले नयाँ सिरिजमा विशेष गरेर चार्जिका लागि टाइप–सी पोर्ट उपलब्ध गराउने भएको छ र यसले ३५ वटासम्मको फास्ट चार्जिङ सपोर्ट गर्ने छ । यस्तै अर्को फिचरमा आइफोन १५ प्रो र १५ प्रो म्याक्समा टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल रहने छ भने डिस्प्ले बेजल १.५५ एमएममा आउने छ । सुधारिएका नयाँ सेन्सरहरूसहित पछिल्लो भागमा ट्रिपल क्यामेरा रहने छ भने आइफोन १५ प्रो म्याक्समा पेरिस्कोप टेलिफोटो लेन्सको प्रयोग गरिएको हुनेछ । 

आईफोन १४ को १२ मेगापिक्सेल को क्यामेरा सेन्सर अपग्रेड भएर आईफोन १५ मा ४८ मेगापिक्सेलको रहने छ । जुन, फोटोग्राफीमा रमाउनेहरुका लागी उत्कृष्ट परिवर्तन ठहरिने छ । आइफोनले सेल्फी क्यामेरा भने १२ मेगापिक्सेलको हुने जनाइएको छ । आईफोन १५ मा ६.१ ईन्च लिक्विड रेटिना डिस्प्ले राखिएको हुनेछ जुन प्रयोगकर्ताहरुले आईफोन १४ मा पनि प्रयोग गर्दै आएका थिए ।

आइफोनको १५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए–१७ बायोनिक चिप तथा आइफोन १५ र १५ प्लसमा ए–१६ बायोनिक चिपसेट प्रयोग गरिएको हुने छ, जुन १४ प्रो र प्रो म्याक्समा यसअघि नै प्रयोगकर्ताले अनुभव गरिसकेका छन् । आइफोनको यस १५ औं सिरिजमा केही प्रयोग गरिएका हार्डवेयर अपग्रेड गरेर राखिने र त्यसको तौल अघिल्ला मोडेलहरूको तुलनामा ८ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ । 

आइफानेका नयाँ सिरिजहरूमा र्याम ६ देखि ८ जीबीको रहने बताइएको छ भने विभिन्न रङहरूमा उपलब्ध हुने छ । आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा पाइने छ ।  आइफोन १५का सिरिजहरूमा डाटा ट्रान्सफरको स्पिड तिव्र हुने पनि जनाइएको छ । कम्पनीले आईफोन १५ सिरिजसँगै नयाँ संस्करणका आईप्याड, म्याक, वेयरेबल र विभिन्न सर्भिस सार्वजनिक गर्ने बताइएको छ ।

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप