१ लाख २० हजारले पाए माण्डुको आईपीओ
आइतबार, २४ भदौ २०८०, ११ : २९
काठमाडौँ । माण्डु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज सेयर बाँडफाँड गर्दै उक्त आवेदकलाई परेको जनाएको हो ।
क्यापिटलका अनुसार कूल आवेदकमध्य ‘लक्की ड्र’मार्फत १ लाख २० हजार ५३२ आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको थियो ।
माण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्री खुलाएको थियो । आईपीओमा १० लाख १६हजार ७१४ जनाले आवेदन दिएका थिए । यसमध्ये १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण