नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन
काठमाडौँ । नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान् चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’ को उद्घाटन भएको हो ।
मेलाको उद्घाटन गर्दै मल्लले यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने मल्लको भनाई छ ।
सो अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठको उपस्थिति थियो । नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले एक दिने मेलामा २५ जना महिला उद्यमीहरू सहभागिता रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण