शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन

आइतबार, २४ भदौ २०८०, ११ : ४८
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान् चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’  को उद्घाटन भएको हो ।

मेलाको उद्घाटन गर्दै मल्लले यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने मल्लको भनाई छ । 

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठको उपस्थिति थियो । नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले एक दिने मेलामा २५ जना महिला उद्यमीहरू सहभागिता रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप