सेरेसले अटो शोमा १३ लाखको मिनी ईभी ‘ई–१’ उतार्ने

काठमाडौं । नेपालका लागि न्यू अटो ब्राण्ड सेरेसले अटो शोमा मिनी ईभी ‘ई–१’ उतार्ने भएको छ । उक्त कार कम्पनीले करिब १४ लाख रुपैयाँमा नै उपलब्ध गराउने तयारी गरेको हो ।
पहिलो पटक नेपालमा सेरेस ब्राण्ड भित्र्याएको एमएडब्लू वृद्धिले मिनी ईभीमा ३ वटा भेरिअन्ट उपलब्ध गराउने जनाएको छ । जसको बजार मूल्य १३ लाख ९९ हजारदेखि १८ लाख रुपैयाँसम्म पर्ने जनाएको छ ।
१८० किलोमिटर रेन्ज दिने ई–१ वेस र फुल अप्सनमा उपलब्ध हुनेछ । जसको मूल्य १३ लाख ९९ हजार र १४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा १३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।
यसैगरी लङ रेन्ज मिनी ईभीको मूूल्य १७ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ । १६ किलोवाट आवरको ब्याट्री जडान गरिएको कारले सिङ्गल चार्जमा २२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यो मूल्य सीमित समयका लागि मात्र हो ।
प्रिमियम सेग्मेन्टमा सेरेस–३ भित्र्याएको कम्पनीले अप्सन अनुसार ४७ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । नाडा अटो शो विशेष आकर्षक मूल्यमा उपलब्ध गराइएको यी दुई मोडलको मूल्य समेत अटो शो पछि क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार पुग्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी तर्न साँघुको भर
-
पुरानै संयोग जुर्दैछ मुम्बई इन्डियन्ससँग, उत्साही छन् समर्थक
-
नागार्जुनमा बनाइएको बद्री नारायण धामको प्राणप्रतिष्ठाका अवसरमा कलश यात्रा (तस्बिरहरु)
-
कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल
-
पाकिस्तानले बन्द गर्यो एफएम रेडियोमा भारतीय गीत प्रसारण बन्द
-
राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए