सेरेसले अटो शोमा १३ लाखको मिनी ईभी ‘ई–१’ उतार्ने
काठमाडौं । नेपालका लागि न्यू अटो ब्राण्ड सेरेसले अटो शोमा मिनी ईभी ‘ई–१’ उतार्ने भएको छ । उक्त कार कम्पनीले करिब १४ लाख रुपैयाँमा नै उपलब्ध गराउने तयारी गरेको हो ।
पहिलो पटक नेपालमा सेरेस ब्राण्ड भित्र्याएको एमएडब्लू वृद्धिले मिनी ईभीमा ३ वटा भेरिअन्ट उपलब्ध गराउने जनाएको छ । जसको बजार मूल्य १३ लाख ९९ हजारदेखि १८ लाख रुपैयाँसम्म पर्ने जनाएको छ ।
१८० किलोमिटर रेन्ज दिने ई–१ वेस र फुल अप्सनमा उपलब्ध हुनेछ । जसको मूल्य १३ लाख ९९ हजार र १४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा १३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।
यसैगरी लङ रेन्ज मिनी ईभीको मूूल्य १७ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ । १६ किलोवाट आवरको ब्याट्री जडान गरिएको कारले सिङ्गल चार्जमा २२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यो मूल्य सीमित समयका लागि मात्र हो ।
प्रिमियम सेग्मेन्टमा सेरेस–३ भित्र्याएको कम्पनीले अप्सन अनुसार ४७ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । नाडा अटो शो विशेष आकर्षक मूल्यमा उपलब्ध गराइएको यी दुई मोडलको मूल्य समेत अटो शो पछि क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार पुग्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण