रास्वपाले प्रधानमन्त्रीलाई दियो ७ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा पार्टीको तर्फबाट सहभागी हुनुभएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्साको बारेमा चीनसँग देशको तर्फबाट धारणा राख्न सुझाव दिएको बताएका हुन् ।
उनले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रूपमा सात बुँदा दिएको छौँ । नक्साको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । जनताले थाहा पाउने गरी देशको नक्साको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला
-
लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण : सभामुख घिमिरे
-
कोशीमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री
-
समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा दाहाल
-
वीरगञ्जमा अवैध प्रवेश रोक्न ‘स्पेसल डग’ परिचालन
-
केही घण्टाकै अन्तरमा चुँडियो इतिहास रच्ने दुई हस्तीको सपना