शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘दौतरी’ तीज गीतमा सुमित्राको छमछमी

सोमबार, २५ भदौ २०८०, ०८ : ५१
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको तीज गीत ‘दौतरी’ सार्वजनिक भएको छ । पछिल्लो समय भड्किलो तीज गीत बजारमा भित्रिरहेको समय ‘दौतरी’ मौलिक शैलीमा आएको छ ।

सुरज लामिछानेको शब्द, संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् । गीतको भिडियोमा भने गायिका तथा मोडल सुमित्रा तमाङको अभिनय छ । करण चैसिरको छायांकन, टेकेन्द्र भट्टको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

भिडियो तामाङकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सुमित्राले यसअघि चैतारीको वर, खिस्स मुस्कान, मलेखु माछा लगायतका गीतमा स्वर तथा सम्झना विर्सना, बेसिमा गाँउ, यो जुनेली रात लगायत दर्जनौ गीतका भिडियोमा मोडलिङ गरेकी छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप