बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निसानको म्याग्नाइट एसयुभि, अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा आउँदै

सोमबार, २५ भदौ २०८०, १७ : १०
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले— निसान म्याग्नाइटको नयाँ संस्करण(भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि—निसान म्यागनाइट—अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटि) सहित उपलब्ध हुने जनाइएको छ ।

निसान म्याग्नाइट एएमटिले स्वचालित ट्रान्समिसनको सहजतालाई—म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल(नियन्त्रण) र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै—दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्दछ । निसान म्याग्नाइटको नयाँ एएमटि गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछ जुन: XL MID, XV UPPER, XV UPPER (DUAL), XV PREMIUM, र XV PREMIUM (DUAL) रहेको छ ।

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार, “निसान म्याग्नाइटमा नयाँ एएमटि सुविधा आउनुले— निसानको निरन्तर इनोभेसन(नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ ।”
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार, “म्याग्नाइटमा रहेको नयाँ एएमटि सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसार निकै उपयोगी हुनेछ । यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ ।”

निसान म्यागनाइट एएमटि चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ भने म्यागनाइट एएमटिको लन्च एही नाडा अटो शोमा हुन गहिरहेको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप