बीपीले परराष्ट्र सम्बन्धमा मेजर 'ब्रेक थ्रु' गर्नुभयो : प्रदीप ज्ञवाली
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एवं एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको परराष्ट्रसम्बन्धीलाई परिस्कृत गर्ने र उचाइमा पुर्याउन बीपीको योगदान महत्त्वपूर्ण भएको बताएका छन् । बीपीको ११० औँ जन्म जयन्तीको अवसरमा बीपी नगरमा कांग्रेसले गरेको अन्तरक्रिया कार्यक्रममा उनले बीपीको योगदानको चर्चा गरेका हुन् ।
उनी सुरुमा अपरिपक्व देखिए पनि पछिल्लो समय आफूलाई परिपक्व बनाउन सफल भएको ज्ञवालीले जिकिर गरे । नेपालले १८१६ मा बेलायतसँग दौत्यसम्बन्ध राखेपछि झण्डै एक सय ७ वर्षसम्म मित्रराष्ट्रसँग कुनै सम्बन्ध स्थापित हुन नसकेको अवस्थामा चीन, भारत, अमेरिका, फ्रान्स लगायत धेरै मुलुकसँग सम्बन्ध स्थापित गर्न सफल भएको उनले बताए ।
‘नेपालले १८१६ बेलायतसँग सम्बन्ध राखेपश्चात् एकसय ७ वर्षसम्म आइसोलेसनमा रह्यो । १९४७ मा अमेरिका र त्यसपछि स्वतन्त्र भएपछि भारतसँग सम्बन्ध राख्नुभयो’, बिपीको योगदनको चर्चा गर्दै उनले भने, ‘एकदमै सीमितसँग नेपालको सम्बन्ध थियो । उहाँ सत्तामा आइसकेपछि मेजर 'ब्रेक थ्रु' गर्नुभयो । चीनसँगको सम्बन्ध नयाँ ढंगले अगाडि लैजानुभयो ।’
छिमेकी र मित्र राष्ट्रहरूलाई हेर्ने सम्बन्धमा बिपीका तीन फरक फरक आयमहरू रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण