नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति : महरा
मङ्गलबार, २६ भदौ २०८०, ०८ : १४
१

काठमाडौँ । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
महराले मंगलबार शोक वक्तव्य जारी गर्दै नेम्वाङको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन् ।
‘नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको छ’, महराले विज्ञप्तिमा भनेका छन्, ‘यस क्षणमा मुलुक परिवर्तनको आन्दोलन र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दछु ।’
हृदयाघातका कारण नेम्वाङको गएराति निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता