नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति : महरा
मङ्गलबार, २६ भदौ २०८०, ०८ : १४
१
काठमाडौँ । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
महराले मंगलबार शोक वक्तव्य जारी गर्दै नेम्वाङको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन् ।
‘नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको छ’, महराले विज्ञप्तिमा भनेका छन्, ‘यस क्षणमा मुलुक परिवर्तनको आन्दोलन र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दछु ।’
हृदयाघातका कारण नेम्वाङको गएराति निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण