अस्ट्रेलिया : संसद्भित्र हुने यौन शोषणबारे खुलासा गर्दै महिला सांसद
अस्ट्रेलियाका एक चर्चित राजनेताले देशको संसद्भित्र लगातार उत्पीडनको सामना गर्नुपरेको बताएकी छन् । पूर्व क्याबिनेट मन्त्री क्यारेन एन्ड्रयूजले एक पुरुष सांसदमाथि नाम नलिई यौन उत्पीडनको आरोप लगाएकी छिन् ।
उनले भनेकी छिन्, ‘उनले मेरो गर्धनको निकै नजिकबाट सास फेर्दथे र सदनमा अभद्र टिप्पणी गर्दथे ।’ अस्ट्रेलियाको संसद् व्यापक मात्रामा यौन दुर्व्यवहारको रिपोर्टका कारण विवादले घेरिएको छ ।
फेब्रुअरीमा, दुवै सदन सांसद र कर्मचारीहरूको लागि नयाँ आचारसंहिता बनाउन सहमत भए । एन्ड्रयूजले एबीसी न्युजलाई भने, ‘म त्यहाँ बसेर आफ्नो काम गरिरहेको हुन्थेँ र मेरो गर्धनको पछाडि हिस्साको निकै नजिक आएर सास फेरिन्थ्यो ।
मैले फर्किएर प्रश्न गर्दा जवाफ पाउँथे, ‘यो एक महत्त्वपूर्ण प्रश्न हो, यसको प्राथमिकताका साथ अनुसन्धान गर्नुपर्छ ।’ क्यारेन एन्ड्रयूज स्कट मोरिसनको गठबन्धन सरकारमा सबैभन्दा वरिष्ठ महिलामध्ये एक थिइन् । उनी उद्योगमन्त्री र गृहमन्त्री भइसकेकी छन् ।
उनी देशको राजनीतिमा महिलामाथि हुने व्यवहार बारे सधैँ आवाज उठाउँदै आएकी छिन् ।
उनले आगामी निर्वाचनसम्म राजनीतिबाट संन्यास लिने घोषणा गरेकी छन् । देशमा अर्को चुनाव सन् २०२५ मा हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण