कञ्चनपुरमा डेंगु रोगको सङ्क्रमण बढ्दो
बेदकोट । कञ्चनपुरमा केही सातायता डेंगु रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु रोगका सङ्क्रमित भेटिएका छन् । यहाँ डेंगुको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो ।
बेलौरी नगरपालिकाका– २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, “जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगुको सङ्क्रमण बढिरहेको देखिन्छ ।” उनका अनुसार सबैभन्दा बढी डेंगु रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् । भीमदत्तका ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन् ।
“ज्वरो, डेंगु, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रुपले बढी छ”, उनले भने, “बर्खामा पानी जम्ने र डेंगु सार्ने लाभा उत्पादन भएर रोग सार्छ ।” डेंगु एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेंगुका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायत लक्षण देखिने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण