वीरगन्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते
बुधबार, २७ भदौ २०८०, १३ : ०९
काठमाडौँ । वीरगन्जस्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् ।
बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।
उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १४९ जना कैदी बन्दी रहेका छन् । केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदी बन्दी वीरगन्ज लगिएको थियो । भक्तपुरबाट गएका कैदी बन्दी र पहिलादेखि वीरगन्जमै रहेका केदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ ।
भक्तपुरबाट गएका कैदीहरूले त्यहाँका नाइकेमाथि आक्रमण गर्नुका साथै बाल सुधार गृहमा समेत तोडफोड र प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण