पुटिन र किमको भेटअघि उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
बुधबार, २७ भदौ २०८०, १० : ०४
सोल । उत्तर कोरियाले बुधबार बिहान दुईवटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भेटवार्ता अघि उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हो ।
दक्षिण कोरियाको सेनाअनुसार ती क्षेप्यास्त्र प्योङयाङको सुनान क्षेत्रबाट इस्ट सीबाट स्थानीय समयअनुसार बिहान ११ः४३ देखि ११ः५३ बजेको बीचमा प्रहार गरिएका थिए ।
रुसी मिडियाका अनुसार भर्खरै भोस्टोच्नी कस्मोड्रोममा पुटिन र किमबीच भेटवार्ता भएको छ । किम मंगलबार विशेष रेलबाट रुस पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण