बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘नाडा अटो शो’मा फोर्स अरबानिया भ्यान सार्वजनिक, ८२ र ८६ लाख मूल्य निर्धारण

बुधबार, २७ भदौ २०८०, ११ : २८
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ‘नाडा अटो शो’मा फोर्स अरबानीया भ्यान सार्वजनिक गरेको छ । यससँगै कम्पनीले सो भ्यानको बिक्री वितरण शुभारम्भ गरेको घोषणा गरेको छ । 

यस भ्यान नेपालमा आयातित माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको कम्पनीको भनाइ छ । यस्तै कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको पनि कम्पनीको दाबी छ । सो भ्यान विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बन्नुका साथै सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।  आकर्षक र सुविधा सम्पन्न  देखिएको माइक्रो बसमा १५ र १८  सिट क्षमतामा उपलब्ध छन् ।

१५ सिट क्षमताको भ्यानको मूल्य २ लाख ९९ हजार र १ सिट क्षमताको भ्यानको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो मूल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।  साथै नाडा अटो शोमा बुकिङ गर्नेहरूको लागि आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरूमा  डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप