‘नाडा अटो शो’मा फोर्स अरबानिया भ्यान सार्वजनिक, ८२ र ८६ लाख मूल्य निर्धारण
काठमाडौँ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ‘नाडा अटो शो’मा फोर्स अरबानीया भ्यान सार्वजनिक गरेको छ । यससँगै कम्पनीले सो भ्यानको बिक्री वितरण शुभारम्भ गरेको घोषणा गरेको छ ।
यस भ्यान नेपालमा आयातित माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको कम्पनीको भनाइ छ । यस्तै कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको पनि कम्पनीको दाबी छ । सो भ्यान विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बन्नुका साथै सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ । आकर्षक र सुविधा सम्पन्न देखिएको माइक्रो बसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् ।
१५ सिट क्षमताको भ्यानको मूल्य २ लाख ९९ हजार र १ सिट क्षमताको भ्यानको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो मूल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ । साथै नाडा अटो शोमा बुकिङ गर्नेहरूको लागि आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण