नेप्सेमा उत्साहजनक वृद्धि, डेढ अर्बको कारोबार
काठमाडौँ । आज बुधबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा ३९.४८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्म निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।
यसक्रममा आज नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको भने घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर कायम रहेको छ ।
परिसूचकमा उत्साहजनक वृद्धि आउँदा वरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँ बढेर २४२ रुपैयाँ पुगेको छ । यसबाहेक, शुभव पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।
परिसूचक बढेपनि थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने ८ प्रतिशतको गिरावट आएको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले घटेर ३१३ रुपैयाँ पुगेको छ । यस्तै आज एनआईसी एसिया बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
आज नेप्सेमा कारोबार भएका सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । यसमध्ये जीवन बीमा समूहको सूचकमा २७३ अंकको सुधार आएको छ । यसबाहेक, निर्जीवन बीमा समूहको सूचक २४० अंक, होटल एण्ड टुरिजम समूहको सूचक १५७ अंक र विकास बैंक समूहको सूचक १०६ अंकले बढेको छ ।
यसबाहेक अन्य समूहको सूचकमा समेत उत्साहजनक वृद्धि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण