सीआईबीले बुझायो ६० किलो सुनको अनुसन्धान प्रतिवेदन
काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
ब्यूरोले अनुसन्धानको मिशिल बुझाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणी न्यौपानेले रातोपाटीलाई बताए । थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । रोल्पा घर भएकी अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
रेडीट्रेड प्रा.लीले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । तस्करीमा संलग्नहरुले पछिल्लो पटक करिब ३६२ किलो सुन तस्करी गरेको ब्युरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सीआईबीले ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण