बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नाङ्गो गाउँ’ हेरेपछि राजेश पायलको प्रतिक्रिया : दयाहाङको भूमिकाले बालेनको झल्को दियो

बिहीबार, २८ भदौ २०८०, १३ : ४७
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । गायक राजेश पायल राईले अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ’मा निर्वाह गरेको भूमिकाले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको झल्को दिएको बताएका छन् । बुधबार फिल्म ‘नाङ्गो गाउँ’ प्रिमियरमा सहभागी राईले फिल्मले समाजमा भइरहेका घटनालाई चुस्त दुरुस्त उतारेको भन्दै प्रशंसा गरे ।

‘दयाहाङलाई नेपाली फिल्मका ‘सुपरस्टार’ हुन्’, उनले भने, ‘दयाहाङले फिल्ममा निर्वाह गरेको भूमिकाले बालेन शाह, हर्क साम्पाङ राई र गोपी हमालको झल्को दिन्छ ।’ राईले ‘फिल्म आफूले सोचेभन्दा पनि राम्रो पाएको उनले सुनाए । 

प्रिमियर राईसहित थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।

शुक्रबारदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउने फिल्म सामाजिक र राजनीतिक विषयमा निर्माण भएको हो । फिल्ममा दयाहाङ र मिरुना मगरको अलवा बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिका रहेको छ । दयाहाङ र मिरुनाको सहकार्य रहेको यसअघि ‘कबड्डी ४’ र ‘जारी’ फिल्म हिट छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप