‘नाङ्गो गाउँ’ हेरेपछि राजेश पायलको प्रतिक्रिया : दयाहाङको भूमिकाले बालेनको झल्को दियो
काठमाडौँ । गायक राजेश पायल राईले अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ’मा निर्वाह गरेको भूमिकाले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको झल्को दिएको बताएका छन् । बुधबार फिल्म ‘नाङ्गो गाउँ’ प्रिमियरमा सहभागी राईले फिल्मले समाजमा भइरहेका घटनालाई चुस्त दुरुस्त उतारेको भन्दै प्रशंसा गरे ।
‘दयाहाङलाई नेपाली फिल्मका ‘सुपरस्टार’ हुन्’, उनले भने, ‘दयाहाङले फिल्ममा निर्वाह गरेको भूमिकाले बालेन शाह, हर्क साम्पाङ राई र गोपी हमालको झल्को दिन्छ ।’ राईले ‘फिल्म आफूले सोचेभन्दा पनि राम्रो पाएको उनले सुनाए ।
प्रिमियर राईसहित थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।
शुक्रबारदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउने फिल्म सामाजिक र राजनीतिक विषयमा निर्माण भएको हो । फिल्ममा दयाहाङ र मिरुना मगरको अलवा बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिका रहेको छ । दयाहाङ र मिरुनाको सहकार्य रहेको यसअघि ‘कबड्डी ४’ र ‘जारी’ फिल्म हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण