शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी लुम्बिनी सचिवद्वारा पार्टी परित्याग

बिहीबार, २८ भदौ २०८०, २० : ४५
बिहीबार, २८ भदौ २०८०

बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्,'आजबाट स्वतन्त्र वामपन्थी,  आहा क्या टाउको हलुङ्गो ।' उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । 

गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । पार्टी छाड्नुको कारणबारे सोध्न खोज्दो गुरुङसँगको सम्पर्क प्रयास सफल भएन । 

उनले केन्द्रीय समितिले गरेकाे कार्य विभाजनमा असन्तुष्टि जनाएको एक नेताले रातोपाटीलाई बताए ।

गुरुङले रुपन्देहीका कार्यवाहक अध्यक्ष  श्रीराम यादवलाई पार्टी छाडेको समेत जानकारी गराएको बताइएको छ । यादवले आफूलाई फोन गरेर गुरुङले पार्टी छाडेको बारेमा जानकारी गराएको रातोपाटीलाई बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप