एकीकृत समाजवादी लुम्बिनी सचिवद्वारा पार्टी परित्याग
बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,'आजबाट स्वतन्त्र वामपन्थी, आहा क्या टाउको हलुङ्गो ।' उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । पार्टी छाड्नुको कारणबारे सोध्न खोज्दो गुरुङसँगको सम्पर्क प्रयास सफल भएन ।
उनले केन्द्रीय समितिले गरेकाे कार्य विभाजनमा असन्तुष्टि जनाएको एक नेताले रातोपाटीलाई बताए ।
गुरुङले रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवलाई पार्टी छाडेको समेत जानकारी गराएको बताइएको छ । यादवले आफूलाई फोन गरेर गुरुङले पार्टी छाडेको बारेमा जानकारी गराएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण