बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित ५ जना प्रहरी नियन्त्रणमा

शुक्रबार, २९ भदौ २०८०, १९ : ४४
शुक्रबार, २९ भदौ २०८०

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न मितिमा हेटौंडाको फरक फरक स्थानबाट लागुऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले भदौ २७ गते लागु औषध खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको थियो । बुधबार राति साढे बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–१० भुटनदेवी मोडबाट एक पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा–५ पिप्ले घर भई हाल हेटौँडा–११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र बागमती गाउँपालिका–६ बस्ने वर्ष २१ की रुपा विश्वकर्मा रहेको प्रवक्ता भण्डारीले बताए । 

उक्त स्थानमा पैदल हिँडिरहेको बेला शंकाको आधारमा निजहरुलाई चेकजाँच गर्ने क्रममा कालो रुमालभित्र लुकाई छिपाई ल्याएको अवस्थामा १२ ग्राम ७४० मिली ग्राम लागुऔषध खैरो हेरोइन फेला परेको थियो । दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए । 

त्यस्तै, प्रहरीले ६ किलो लागूऔषध गाँजासहित ३ जना पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार भदौ २९ गते शुक्रबार विहान साढे ६ बजेको समयमा हेटौँडा–१० बसपार्कबाट सो परिमाणको लागूऔषध गाँजासहित ३ जना पुरुषलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–९ टाँगा बस्ने वर्ष ३२ का मनोज यादव, सोही स्थान बस्ने वर्ष ३० का अमिरलाल प्रसाद यादव र वर्ष ४५ को जंगबहादुर पासवान रहेका छन् । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद गरिएको थियो ।

तीनै जनाको कम्मरको भागमा बेल्ट जस्तो बनाई प्लाष्टिकभित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा २÷२ किलोको दरले लागूऔषध गाँजा फेला परेको प्रवक्ता भण्डारीले बताए । यसबारे थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप