उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हतोत्साहित बनायो : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहित बनाएको बताएका छन् ।
शुक्रबार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दुःखी बनाएको बताए । उनले सरकारको नीति व्यवसायलाई सहजीकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताए । उनले कसैले निवेदन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गरे ।
अध्यक्ष अग्रवाले पछिल्लो समय सरकारको कानुनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताए । उनले आम सर्वसाधारण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताए । उनले व्यवसायीहरु अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यवस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । उनले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण