मोज
“भाइ हालखबर ठिक छ ?” राती ट्रेनबाट कोठामा फर्कँदै गर्दा कुमार दाइ भेटिनु भयो ।
थकान र निद्राले पीडित आँखा ठुलो पार्ने प्रयास गर्दै मैले भने “ठिकै छ दाजु । हजुरलाई कस्तो छ ?”
“के हुनु चलेकै छ । काम कस्तो छ आजभोलि ?” कुमार दाइले सोध्नु भयो ।
“अब त सजिलो छ भन्नु पर्ने होला नि दाजु । बानी पनि पर्दै गयो ।” मैले भने । उहाँ खिसिक्क हाँस्नु भयो ।
अर्को स्टपमा कुमार दाजु झर्नु भयो । म झर्ने ठाउँ आउन अझै आधा घण्टा थियो । आँखा चिम्लेर भए पनि आराम दिन खोजेँ । शरीर थकित थियो ।
“ट्रेनबाट ओर्लेपछि अस्तिजस्तै रक्सी खाएको मानेर प्रहरीले सोधखोज गर्ने हो कि ?” मनमा कुरा खेलिरहेको थियो ।
हातको मोबाइल बज्न थाल्यो । नेपालमा हुँदा सँगै काम गरेको साथीको फोन रहेछ । मेसेन्जर खोलेँ, “के छ खबर फोन पनि गर्दैनौ यार ?” उसले भन्यो ।
मैले नेपालको समय हेरेँ । दिउँसोको एक बज्दै थियो । “ समयको तालमेल नमिलेर हो । मैले पनि सम्झिरहेको छु यार तिमीलाई । भन के छ नयाँ खबर ? ।” मैले औपचारिकता निभाउँदै सोधेँ ।
“तिमीलाई पो मोज छ यार उता । हाम्रो के नयाँ हुनु । घरकाले हैरान बनाइसके तर भिसा लाग्दैन । के गरौँ ? ” उसले भन्यो ।
उसको क्याबिनमा कोही पसेजस्तै लाग्यो । चिया दिने मान्छे रहेछ । म यता आएपछि बैंकमा मेरो ब्रान्च म्यानेजरको पद उसले सम्हालेको पो रहेछ ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण