बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शो २०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन

शनिबार, ३० भदौ २०८०, १६ : १९
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । मंगलवारदेखि काठमाडौँमा नाडा अटो शो २०२३ को पाँचौं दिन अवलोकनकर्ताको भीडले थप रौनक देखिएको छ । आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको भीडभाड उत्साहप्रद रूपमा बढेको छ । अटो शोको पाँचांै दिन आज शनिबार सम्ममा ५० हजारभन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको नाडा अटो शोका संयोजक अनुप बरालले बताए ।

उनले तीनवर्ष पछि अटो शो भएपनि अवलोकन र खरिद कर्ताहरुको उपस्थिति उत्साहजनक रहेको बताए । उनले सवारी साधनहरुमा पनि पछिल्लो समय विद्युतीय गाडीमा मानिसहरुको आकर्षण देखिएको बताए । उनले विशेष गरी नयाँ  र पुराना विद्युतीय सवारी साधनहरुमा मानिसहरुको बढी माग र आकर्षण साथै कारोबार पनि राम्रो रहेको दाबी गरे ।

उनले विद्युतीय सवारी साधनमा देखिएको मानिसहरुको भिडले विद्युतीय सवारी साधनमा विश्वास बढेको देखिएको उल्लेख गरे । संयोजक बरालले अटो शोमा दुई र चारपाङग्रे सवारी साधनहरुको बुकिङ र भएको चहलपहलले अर्थतन्त्रमा सकारात्मक सन्देश दिने बताए ।

उनले अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको आकर्षण हेर्दा अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने देखिएको उल्लेख गरे । बरालले दुई दिनमा २० हजारसम्म अवलोकनकर्ता आएमा ७० हजार अवलोकन गराउने उद्देश्य पूरा हुने भन्दै कारोबार पनि अपेक्षा अनुसार हुने विश्वास रहेको बताए । उनले अटो शोले अर्थतन्त्र र अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने काम गरेको बताए ।

सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले तीन वर्षपछि अटो शो भएकाले अवलोकन कर्ताहरुको भीडभाड धेरै रहेको बताए । उनले अटो शोमा सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेर्न पाउने भएकाले पनि मानिसहरुको भीड लाग्ने गरेको बताए ।

गोल्छाले सवारी साधन खरिद गर्ने र बेच्ने दुवैको लागि अटो शो राम्रो प्लेटर्फम भएको बताए । निर्देशक गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा मन्दीको अवस्था भएकाले बिक्रि राम्रो भएपनि विद्युतीय सवारी साधनमा आकर्षण देखिएको बताए ।

उनले विद्युतीय सवारी साधनमा आकर्षण देखिएकाले माग र बुकिङ राम्रो रहेको उल्लेख गरे । त्यस्तै बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कका मार्केटिङ प्रमुख आशुतोष गौतमले विद्युतीय गाडीको माग राम्रो रहेको बताए । उनले बीवाईडी विद्युतीय सवारी साधन उत्पादन कम्पनी भएकाले पनि प्रदर्शनीमा राखिएको न्यून बीवाईडी सेल र डल्फिनको माग उच्च रुपमा आएको बताए ।

गौतमले बीवाईडी कम्पनीको विद्युतीय गाडी अटो शो भन्दा अगाडि ५०० बुकिङ भएकोमा अटो शो शुरु भएपश्चात पाँच दिनमा ३०० बढी बुकिङ भएको बताए । त्यस्तै ,अटो शो अवलोकनकर्ता डा.भोजराज घिमिरेले अटो प्रदर्शनीमा भिडभाड रहेको तर स्टल राख्ने कम्पनीहरुले अनुभवी र कम्पनीको गाडीको विशेषताको विषयमा ज्ञान नभएको पाइएको बताए  ।

उनले अनुभवी एक दुई जना भएपनि ग्राहकहरुलाई डिल गर्न व्यस्त रहने देखिएकाले राम्रो ब्राण्डको कम्पनीको फिचर्सको विषयमा सही जानकारी लिन समस्या रहेको बताए । घिमिरेले सवारी साधन हेर्न आउने ग्राहकलाई गाडीको विशेषता भन्ने भन्दा पनि नम्बर टिप्नेमा बढी प्राथमिकता दिएको पाएको बताए । उनले नेपालको अर्थतन्त्रमा समस्या भएपनि मानिसहरुको व्यवहारमा परिर्वतन भएको भन्दै दुई पाङ्ग्रेबाट चार पाङ्ग्रे परिवर्तन गर्ने अवस्थामा रहेको बताए ।

पेट्रोलको मूल्य उच्च हुँदै गएकाले पछिल्लो समय मानिसहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको देखिएको छ । अटो शोसँगै अटो लोन (फाइनान्सिङ) का लागि समेत बैंक तथा वित्तीय संस्थामा माग बढेको बैंकहरुले बताएका छन् ।

बैंकहरुले अवलोकनकर्ता ग्राहकहरूको रुचि पेट्रोलियम गाडीमा भन्दा बढी ईभी (विद्युतीय) गाडीमा देखिएकाले अटो लोन पनि विद्युतीय सवारी साधनका लागि बढी आइरहेको छ । नाडा अटो शो भदौ ३१ गतेसम्म जारी रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप