चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण
काठमाडौँ । अनोज खड्का र सुष्मा यादवले तेस्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा आइतबार स्वर्ण जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन् ।
चेल्सी वर्ल्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गरे । विजय बुढा मगर १६.५२ मिनेटमा दोस्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेस्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन् ।
सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिन् । २२.३७ मिनेटसाथ बूढानीकलकण्ठकी सुजाता केसी दोस्रो तथा २३.४० सेकेन्डमा दौड पूरा गरेकी हाइली क्रिएटिभकी शभ्यता खड्का तेस्रो बने ।
प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बूढानीलकण्ठले १९ अंक जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जनाएका छन् । दौड अत्तरखेलस्थित नेपाल मेडिकल कलेज चोकबाट सुरु विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा आएर टुङ्गिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण