नेप्सेमा ४२ अंकको गिरावट, परिसूचक पुनः १९ सयको बिन्दुमा
काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । गत साताको बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ४२.१४ अंकले घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो । नेप्सेमा सेयर बेच्नेहरुको घुँईचो लाग्दा परिसूचक उच्च अंकले घटेको हो । परिसूचक ४२ अंकले घट्दा आज २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको ५६ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक घटेपनि ११ कम्पनीको सेयर मूल्य बढेको छ । यसमध्ये शुभव पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । यसबाहेक, २१३ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२ञ्१ प्रतिशतले घटेको छ ।
परिसूचकमा उच्च अंकको गिरावट आउँदा कारोबार भएका सबै १३ वटै समूहमा गिरावट देखिएको छ । यसमध्ये आज जीवन बीमा समूहको सूचक ३२७ अंकले घटेको छ भने निर्जीवन बीमा समूहको सूचक २७७ अंकले घटेको छ । यस्तै, होटल र टुरिजम समूहको सूचक १८५ अंकले घट्दा व्यापार समूहको सूचक १०३ अंक र विकास बैंक समूहको सूचक ९८ अंकले घटेको छ ।
गत साताको बुधबार ३९ अंकले बढ्दै परिसूचक २००७ अंकमा पुगेको थियो । आज ४२ अंकले घटेसँगै परिसूचक पुनः १९ सय अंकमा आएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको थियो । जुन, आजको कारोबारको तुलनामा ५१ करोडले कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण