विश्वकपअघि अस्ट्रेलियालाई हराएपछि दक्षिण अफ्रिकाको मनोबल उच्च

काठमाडौँ । बलियो अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली दक्षिण अफ्रिकाले जितेको छ । आईसीसी एकदिवसीय विश्वकपको सङ्घारमा सर्वाधिक पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाविरुद्ध हात पारेको यो सफलताले दक्षिण अफ्रिकाको मनोबल पनि उच्च बनाएको छ ।
दक्षिण अफ्रिकाले सोमबार जोहानेशबर्गमा सम्पन्न पाँचौँ तथा अन्तिम खेलमा अस्ट्रेलियालाई एक सय २२ रनको फराकिलो अन्तरले हरायो । उक्त जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको शृङ्खलालाई ३—२ ले आफ्नो पक्षमा पारेको हो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली अस्ट्रेलियाले भने ३४.१ ओभरमै अलआउट हुनुअघि एक सय ९३ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एइडेन मारक्रमले ९३ रनको योगदान गरे । उनले ८७ बलको सामना गरी तीन छक्का र नौ चौका पनि हिर्काए । अनुभवी खेलाडी डेभिड मिल्लरले पनि ६३ रनको योगदान गरे । उनले ६५ बलमा तीन छक्का र चार चौका हिर्काए ।
मार्को जानसेनले ४७ रन जोडे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २३ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए । एन्डिल फेहलुकवायोले अविजित ३८ रन बटुले । उनले १९ बलको सामना गरी चार छक्का र दुई चौका प्रहार गरे ।
त्यसअघि ओपनर ब्याट्सम्यान क्विन्टन डी ककले २७ र तेस्रो नम्बरका ब्याट्सम्यान रासी भान डेर डुसेनले ३० रन बनाएका थिए । कप्तान टेम्बा बाभुमा भने शून्य रनमै पेभेलियन फर्किएका थिए । अस्ट्रेलियन बलर एडम जाम्पाले तीन र सिन एबोटले दुई विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाका लागि ओपनर मिचेल मार्सले ७१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । कप्तान मार्सले केवल ५६ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काएका थिए ।
मार्नस लाबुसचाग्नेले ४४ रन बनाए । अस्ट्रेलियाका अन्य ब्याट्सम्यान खासै प्रभावकारी देखिएनन् । दक्षिण अफ्रिकाका बलर मार्को जानसेनले पाँच विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै ३९ रन खर्चिएका थिए ।
केशव महाराजले पनि चार विकेट हात पारे । उनले ९.१ ओभरमा दुई मेडन राख्दै ३३ रन खर्चिएका थिए । फाइनल खेलमा मार्को जानसेन म्यान अफ दी म्याच घोषित भए । दक्षिण अफ्रिकाकै आइडेन मारक्रम म्यान अफ दी सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट