बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

१५ औँ संस्करणको अटो शो : ७६ हजारले अवलोकन गरेको नाडाको दाबी

सोमबार, ०१ असोज २०८०, १४ : २२
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । १५ औँ संस्करणको वृहत् नाडा अटो शो, २०२३ सम्पन्न भएको छ । भदौ २६ गतेदेखि ३१ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजित अटो शो आइतबार सम्पन्न भएको हो ।

झन्डै चार वर्षपछि आयोजना भएको अटो शो मा ७६ हजार एक सय जना अवलोकनकर्ताले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दाबी गरेको छ । उसो त आर्थिक शिथिलताकाबीच आयोजना गरिएको यस वर्षको अटो शो मा निकै आकर्षण रहेको र अटोमोबाइल व्यवसायीहरूले राम्रै व्यापार गरेको नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ । 

अटो शो मा २० अर्ब रुपैयाँ बराबरको व्यापार हुने अपेक्षा नाडाले राखेको थियो । के कति व्यापार भयो यकिन तथ्याङ्क प्राप्त भई नसके पनि लक्ष्य हाराहारीकै व्यापार भएको हुनसक्ने थापाको भनाइ छ ।  टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ मा दुई पाङ्ग्रे, साना चार पाङ्ग्रेदेखि कमर्सियल गाडीहरूको समेत सहभागितामा अन्य टायर लुब्रिकेन्ट र स्पेयर पार्टसहित कूल १२० स्टल रहेको थियो । यसमध्ये ९ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत स्टल रहेका थिए । 

सोमध्ये बेस्ट स्टल अफ फोर ह्वीलरमा उत्कृष्ट बन्दै बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंक प्रालि ले अवार्ड जितेको छ भने दुई पाङ्ग्रेमा अग्नि मोटोनिक प्रालि (जावा) ले अवार्ड जित्न सफल भएको छ ।  त्यसैगरी लाइट कमर्सियल भेहिकलको वेस्ट स्टल अवार्ड आयाम इण्टरनेशनल प्रालि (फोर्स मोटर्स ) ले जितेको छ र वेस्ट सर्पोटिङ्ग स्टलको वेस्ट अवार्ड पौडेल इन्टरप्राइजेज( लिक्विइमोली स्टुडोजले) जितेको छ । 

नाडाले उत्कृष्ट स्टलहरूको छनोट गर्न नाडाका केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, पत्रकारका तर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रालिका निर्देशक केशव खत्रीसमेत सदस्य रहने गरी तीन सदस्यीय छनोट समिति समेत गठन गरेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप