शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रामपुर नगरपालिका दुई स्वास्थ्य चाौकीलाई एम्बुलेन्स हस्तान्तरण

सोमबार, ०१ असोज २०८०, १५ : ११
सोमबार, ०१ असोज २०८०

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । 

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्य चौकी र वडा नं १० स्थित गेझा स्वास्थ्य चौकीलाई एक/एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्य चौकी प्रमुखलाई हस्तान्तरण गरे । नगरपालिका भित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवाउपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिब तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत स्वास्थ्य कार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप