लुटपाट मच्चाएपछि सुरक्षाको माग गर्दै भगरागाउँवासी

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् ।
भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०/१२ जनाको समूहले धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।
उनका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, रु दुई लाख ५० हजार नगद र दुई थान खसी लुटेर लगेको पीडित परिवारले बताएका छन् । राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरु सजिलै भागेको पीडित धनबहादुरले बताए ।
राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्ती सोनारी गाउँपालिका–७ को विकट क्षेत्रमा पर्दछ । फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित वेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारुले बताए । २०/३० वर्ष उमेर समूहका लुटेराहरुले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाको जानकारी पाउनासाथ घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको बताए । तीनजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा