भक्तपुरबाट १० जना जुवाडे पक्राउ
मङ्गलबार, ०२ असोज २०८०, १२ : ०९
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित इचानोबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । इचानो स्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवा खेल्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
जुवा खालबाट प्रहरीले ७३ हजार ७ सय नगद बरामद गरेको छ । जुवा खालबाट पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही छन् ।
आरोपितहरू विरुद्ध जुवा ऐन मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण