भक्तपुरबाट १० जना जुवाडे पक्राउ
मङ्गलबार, ०२ असोज २०८०, १२ : ०९

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित इचानोबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । इचानो स्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवा खेल्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
जुवा खालबाट प्रहरीले ७३ हजार ७ सय नगद बरामद गरेको छ । जुवा खालबाट पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही छन् ।
आरोपितहरू विरुद्ध जुवा ऐन मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप भ्रमणमा निस्किए नरेन्द्र मोदी
-
रास्वपा सांसदहरूले जनतालाई नै गुमराहमा राखे : डा. महत
-
इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह
-
औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई नेपाल फार्मेसी सङ्घको समर्थन
-
कर्णालीको बजेट कर्णालीकै अल्लोको झोलामा
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू