हरदिप सिंह निज्जरको मृत्युमा भारतमाथि क्यानडाको आरोपबारे के भन्छ अमेरिका ?
खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा क्यानडाले भारतमाथि जुन आरोप लगाएको छ, त्यसमा अमेरिकाले प्रतिक्रिया दिएको छ ।
मङ्गलवार ह्वाइट हाउसले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको आरोपलाई ‘असाध्यै चिन्ताजनक’ बताएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार देशको संसदमा उनले नयाँ दिल्लीमा जी–२० सम्मेलनका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटघाटमा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषय उठाएको जानकारी दिए ।
उनले क्यानडाको संसद्सँग भने, ‘क्यानडाको जमिनमा क्यानडाका नागरिकको हत्यामा कुनै विदेश सरकार समावेश हुनु हाम्रो सम्प्रभुताको उल्लङ्घन हो र अस्वीकार्य पनि ।’
भारतले पहिले नै निज्जरको हत्यामा आफ्नो कुनै पनि संलग्नता नभएको बताइसकेको छ ।
मङ्गलवार भारतले क्यानडालाई उसले भारतको सुरक्षालाई धम्की दिने ‘खालिस्तानी चरमपन्थी र आतङ्कवादी’ लाई आश्रय दिइरहेको आरोप लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण