शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

२०८० सालको भैरव पुरस्कार मुन पौडेललाई

मङ्गलबार, ०२ असोज २०८०, २१ : ३१
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । २०८० सालको भैरव पुरस्कार मुन पौडेललाई प्रदान गरिने भएको छ । मंगलबार भैरव पुरस्कार गुठीले भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरेको हो । भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको छ । 

जसअनुसार २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर)लाई प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरेले जानकारी दिए । 

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेको समिति गठन गरेको थियो । 

भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रवार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए । रिजालका अनुसार गुठीको साधारण सभा पनि सोही दिन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप