शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संविधानको विरोध गर्दै तमलोपाले जनकपुरधाममा मनायो कालो दिवस

बुधबार, ०३ असोज २०८०, १२ : २६
बुधबार, ०३ असोज २०८०

जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भने तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले विरोधमा ‘कालो दिवस’ मनाएको छ । एक पक्षीय रुपमा संविधान जारी भएको भन्दै तमलोपाले संविधान दिवसलाई ‘कालो दिवस’को रुपमा मनाएको हो ।

२०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै तमलोपाले बुधबार बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको हो । जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाए ।

tamalopa black day2

उनले २०७२ सालमा संविधान जारी गर्दा मधेसमा ठुलो विरोध भएको भन्दै त्यतिबेला राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरेको विरोधमा आफूहरुले अहिले प्रदर्शन गरेको बताए ।

नेता मण्डलले संविधानमा जनसंख्याको आधारमा मधेसलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका मागहरु आफूहरुले अघि सारेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप