संविधानको विरोध गर्दै तमलोपाले जनकपुरधाममा मनायो कालो दिवस
जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भने तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले विरोधमा ‘कालो दिवस’ मनाएको छ । एक पक्षीय रुपमा संविधान जारी भएको भन्दै तमलोपाले संविधान दिवसलाई ‘कालो दिवस’को रुपमा मनाएको हो ।
२०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै तमलोपाले बुधबार बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको हो । जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाए ।

उनले २०७२ सालमा संविधान जारी गर्दा मधेसमा ठुलो विरोध भएको भन्दै त्यतिबेला राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरेको विरोधमा आफूहरुले अहिले प्रदर्शन गरेको बताए ।
नेता मण्डलले संविधानमा जनसंख्याको आधारमा मधेसलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका मागहरु आफूहरुले अघि सारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण