यामलाल कँडेलले भने–बाँके र बर्दियालाई कर्णालीमा समावेश गरिनुपर्छ
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन् ।
बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनले हाल लुम्बिनी प्रदेशमा रहेका साबिक मध्यपश्चिमका दुई जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा ल्याउनुपर्ने बताएका हुन् ।
कँडेलले संवैधानिक प्रक्रिया पुरा गरेर बाँके, बर्दियालाई कर्णालीमा जोड्नुपर्ने बताए । यसअघि प्रदेश स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि पनि यो कुरा उठाइएकाे थियाे ।
कँडेलले भने,‘ संविधान जारी गर्दा नै कर्णालीले रगत बगाएर प्राप्त प्रदेश हो, भौगोलिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा बाँके र बर्दिया कर्णालीसँग जोडिएका छन् । यदि ती जिल्लालाई समेटेर बनाइएको खण्डमा कर्णाली उत्कृष्ट प्रदेश बन्ने छ ।’
समझदारी पूर्वक उक्त प्रयासको थालनी गरिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण