सिराज एकदिवसीय बलरको वरीयताको शीर्ष स्थानमा
काठमाडौँ । भारतीय तीव्र गतिका बलर मोहम्मद सिराज आईसीसीको वरीयतामा नम्बर १ एकदिवसीय बलर बनेका छन् । उता भारतीय ब्याट्सम्यान शुभमन गिल पनि पाकिस्तानी कप्तान बाबर आजमको नजिक पुगेका छन् ।
बुधबार सार्वजनिक भएको वरियतामा सिराज आठ स्थान माथि उक्लिएका हुन् । सिराज ६९४ अंकसहित नवौंबाट शीर्ष स्थानमा छन् । गत हप्ता पहिलो स्थानमा रहेका अष्ट्रेलियाका बलर जोस हेजलवुड दोस्रो स्थानमा आएका छन् । हेजलवुडको ६७८ अंक छ ।
सेप्टेम्बर १७ मा कोलम्बोमा भएको एसिया कपको फाइनलमा भारतीय बलर मोहम्मद सिराजले २१ रन दिएर ६ विकेट लिएका थिए । यो एसिया कप फाइनलमा कुनै पनि खेलाडीको उत्कृष्ट बलिङ प्रदर्शन पनि हो।
सिराजले पनि एकै ओभरमा ४ विकेट लिए । उनी एउटै ओभरमा ४ विकेट लिने पहिलो भारतीय बनेका छन् । उनले इनिङ्समा १६ बलमा ५ विकेट लिए । उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व कीर्तिमानको बराबरी गरेका छन् । यसअघि श्रीलङ्काका चामिन्डा वासले बंगलादेशविरुद्ध १६ बलमा ५ विकेट लिएका थिए । वासले सन् २००३ मा यस्तो गरेका थिए ।
गिलले बाबरलाई उछिन्न सक्छन्
अस्ट्रेलिया विरुद्धको एकदिवसीय शृङ्खलामा भारतीय ओपनर शुभमन गिलले ब्याटिङ वरियतामा बाबर आजमलाई नम्बर १ बाट हटाउन सक्नेछन् । पछिल्लो वरीयतामा गिलले रेटिङ अंकको अन्तर घटाएका छन् । गत हप्ता यी दुई ब्याट्सम्यानबीच १०४ अंकको अन्तर थियो । अहिले ४३ अंकमा झरेको छ ।
शीर्ष स्थानमा रहेका बाबर आजमको ८५७ अंक छ भने गिलको ८१४ अंक छ ।
ब्याटिङ वरियतामा विराट कोहलीले एक स्थान सुधार गरेका छन् । उनी ९औं बाट आठौँमा उक्लेका छन् । कोहलीको ७०८ अंक छ । उनले पाकिस्तानविरुद्ध १२२ रनको अपराजित शतकीय इनिङ्स खेलेका थिए । कोहलीले केएल राहुलसँग २३३ रनको अविजित साझेदारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण