चन्द्र भण्डारीसहित ८ जना केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा चन्द्र भण्डारी (गुल्मी) सहित मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकअघि देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीतमध्ये भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण