आरती साह मृत्यु प्रकरणका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौँ : सभापति साह
काठमाडौँ । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपी संलग्न रहेको देखिएको भन्दै उनीहरुमाथि कारबाही प्रक्रिया अघि नबढाए संसदभित्र छलफलको विषय बनाएर सांसदहरु गृह मन्त्रालय घेराउ गर्ने र संसद्को बेल घेराउ गर्न बाध्य हुने बताएका हुन् । उनले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताए ।
समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आरती साह मृत्यु प्रकरणका दोषी कोहीलाई पनि सरकारले नछोड्ने बताए । उनले अदालतले दोषी देखाए जो कोही पनि कारबाहीको दायरामा आउने बताए । उनले सरकारले अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । उनले प्रहरीले ज्यादती गरेको ठहरिए ती प्रहरीहरूको निलम्बन गर्न सरकार पछि नहट्ने पनि बताए ।
सहसचिव भट्टराईले पीडित पक्षहरुलाई घटनास्थलमै गएर अनुसन्धानमा सघाउन अनुरोध गर्दा नमानेकोप्रति दुःख व्यक्त गरे । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले उनका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण