महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा
बिहीबार, ०४ असोज २०८०, १६ : ५२
हाङझाओ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको महिला क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीका खेल वर्षाले प्रभावित भएसँगै वरीयताअनुसार उनीहरू सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
वर्षाले प्रभावित मलेसियाविरुद्धको क्वार्टरफाइनल खेलमा १५ ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । तर, मलेसियाले ब्याटिङ सुरु गर्ने बित्तिकै पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको थियो ।
पाकिस्तान र इन्डोनेसियाविरुद्धको खेलमा भने एक बल पनि फाल्न सकिएन । बंगलादेश र हङकबीचको विजेताले भारतसँग सेमिफाइनलमा भिड्नेछ । उता श्रीलङ्का र थाइल्याण्डबीचको विजेताले पाकिस्तानको सामना गर्नेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण