महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा
बिहीबार, ०४ असोज २०८०, १६ : ५२
हाङझाओ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको महिला क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीका खेल वर्षाले प्रभावित भएसँगै वरीयताअनुसार उनीहरू सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
वर्षाले प्रभावित मलेसियाविरुद्धको क्वार्टरफाइनल खेलमा १५ ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । तर, मलेसियाले ब्याटिङ सुरु गर्ने बित्तिकै पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको थियो ।
पाकिस्तान र इन्डोनेसियाविरुद्धको खेलमा भने एक बल पनि फाल्न सकिएन । बंगलादेश र हङकबीचको विजेताले भारतसँग सेमिफाइनलमा भिड्नेछ । उता श्रीलङ्का र थाइल्याण्डबीचको विजेताले पाकिस्तानको सामना गर्नेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव