मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

परिवारलाई थाहै नदिई हार्वर्ड गएकी थिइन् करिना : ननाच्ने जिद्दीले छोडिन् कहो ना प्यार है,  करिनाको जीवनका १० निर्णय

बिहीबार, ०४ असोज २०८०, १७ : १४
बिहीबार, ०४ असोज २०८०

बेबो भनेर चिनिने करिना कपुर आज ४३ वर्षकी भइन् । कपूर परिवारकी सबैभन्दा सफल अभिनेत्रीमध्येकी एक करिना अहिले पनि बलिउडकी शीर्ष अभिनेत्रीमध्ये एक हुन् । उनी बाल्यकालदेखि नै साहसी थिइन्, जीवनमा आफ्नो निर्णय आफैँ लिइन्, कुनै विवाद हुँदा आफैँ अगाडि आएर कुरा गरिन् । सैफ अलि खानसँग विवाह होस् वा छोराछोरीको नाम तैमुर–जहांगीर राख्नु होस्, करिना एक यस्ती अभिनेत्री हुन् जो सोचमा दृढ छिन् र आफ्नो निर्णय आफैँ लिन्छिन् ।

आज उनको जन्मदिनमा, हामी उनको जीवनका १० ठुला निर्णय बारे कुरा गर्नेछौँ

kareenaनिर्णय – १

परिवारका धेरैजसो मानिस १० मा फेल भए, आफ्नै बलमा गइन् हार्वर्ड 

करिना कपूरको जन्म २१ सेप्टेम्बर १९८० मा मुम्बईमा अभिनेता रणधीर कपूर र बबिता कपूरको घरमा भएको थियो । हिन्दी सिनेमाको सबैभन्दा पुरानो र प्रसिद्ध कपूर परिवारसँग सम्बन्धित, उनको बाल्यकाल फिल्म स्टारहरूको वरपर बित्यो । हजुरबुवा शोम्यान राज कपूरको घरमा ठुला फिल्मी हस्तीहरू अक्सर जान्थे । ती मानिसहरूलाई हेरेर करिनाले पनि सानैदेखि हिरोइन बन्ने सपना देखेकी थिइन् ।

उनी घरमा आमाको नाइट ड्रेस लगाएर हिरोइनको नक्कल गर्थिन् । करिना ७ वर्षकी हुँदा अनिल कपूर र श्रीदेवीको फिल्म मिस्टर इन्डिया रिलिज भएको थियो । यो फिल्म हेरेपछि करिनाले फिल्मको गीत ‘काटे नहीं कटेते दिन ये रात’ मा आमाको साडी लगाएर नाच्ने गर्थिन् । यो उनको र करिश्माको मनपर्ने गीत थियो ।

जब करिनाको घरको फोन बज्थ्यो, उनले कसैलाई नभनी फोन उठाउँथिन् भन्थिन्, ‘म करिश्माकी बहिनी हुँ, एक दिन फिल्म स्टार बन्नेछु ।’

kareena2समय बित्यो र करिश्मा कपूर फिल्म प्रेम कैदीबाट फिल्ममा प्रवेश गरिन् । पहिलो सुटिङका बेला करिनाले करिश्मालाई ध्यान दिएर हेरिरहेकी थिइन् । करिना त्यसपछि सधैँ करिश्माको फिल्मको सेटमा जान थालिन् । 

यस्तै एक दिन, करिश्मा मद्रासको एभिएम स्टुडियोमा एउटा दृश्य सुटिङ गरिरहेकी थिइन्, जसमा उनले नीलो साडी र विग लगाएर नाच्नुपरेको थियो । करिश्माको शट सकिएपछि करिनाले उनको हेयर ड्रेसरलाई यो साडी लगाइदिन  र मेकअप गरिदिन भनिन् । करिनाले त्यो निलो साडी लगाइन् र विग लगाएर करिश्माको नक्कल गर्न थालिन् । उनकी आमा बबिताले उनलाई यस्तो गरेको देख्ने बित्तिकै उनले फोटोग्राफरलाई बोलाएर उनको फोटो खिचाइन् । त्यो तस्बिर अहिले पनि करिनाकी आमा बबितासँग छ । करिनाले सिमी ग्रेवालको च्याट शोमा यो कुरा सुनाएकी थिइन् ।

करिना कपुर १५ वर्षकी मात्रै थिइन् । उनलाई आफ्नो स्कुलको एक जना केटा मन पर्न थाल्यो । आमालाई थाहा हुने बित्तिकै उनले करिनाको फोन आफूसँग राखिन् । एक दिन बबिता खाना खान बाहिर गएको बेला करिनाले चक्कुले कोठाको ताला तोडेर फोन लिएर केटालाई भेट्न गइन् । यो कुराले उनकी आमा यति रिसाइन् कि उनले करिनालाई बोर्डिङ स्कुल पठाइदिइन् ।

करिश्मापछि करिना पनि फिल्ममा प्रवेश गरोस् भन्ने आमा बबिताले चाहेकी थिइन् । तर करिनाले कसैलाई पनि नभनी आफैँ फर्म भरेर र अन्तर्वार्ता दिएर हार्वर्डमा भर्ना लिइन् । सुरुमा उनकी आमा उनलाई एक्लै अमेरिका पठाउने सोचमा थिइनन् तर करिनाले सबैलाई फकाइन् । उनी तीन महिनाको समय कोर्सका लागि त्यहाँ गएकी थिइन् । उनी हार्वर्ड जाने कपूर खानदानकी पहिलो छोरी थिइन् । यसबारे पूरा खानदानमा चर्चा हुन्थ्यो । रणधीर कपुरले सबैलाई फोन गरेर उनकी छोरी हार्वर्डमा पढिरहेकी छिन् भनेर बताउँथे ।

kareena1निर्णय – २

आफ्नो परिवारको विरुद्धमा गएर सरकारी ल कलेज गइन् र सामान्य जीवन बिताइन्

करिना कपूर पढाइमा यति जोसिली थिइन् कि हार्वर्डबाट फर्केपछि उनी मुम्बईको सरकारी ल कलेजमा भर्ना भइन् । सबै परिवारले यसमा आपत्ति जनाए पनि उनी कलेज गइन् । करिश्मा कपूर त्यति बेलासम्म फिल्ममा प्रवेश गरिसकेकी थिइन् र कपूर परिवारको ठुलो नाम थिइन् । 

त्यति बेला करिनाकी आमा र उनका बुबा अलग बस्न थालेका थिए, त्यसैले बबिताले उनलाई एक्लो आमाको रूपमा हुर्काइन् । केही आर्थिक समस्या पनि थिए, जसका कारण करिनाले विलासिता पाउँदैनथिस् । उनी बस वा ट्याक्सी चढेर कलेज जान्थिन् । तर, एक वर्ष बित्नै लागेको थियो, करिनालाई कानुन विषय पढ्न मन लागेन र उनले बीचमा नै पढाई छोडिन् । उनले यो कुरा सिमी ग्रेवालको अन्तर्वार्तामा भनेकी थिइन् । 

kareena3निर्णय – ३

ननाच्ने जिद्दीका कारण छोडिन् डेब्यू फिल्म कहो ना प्यार है

करिना कलेजमा हुँदा नै उनलाई फिल्मको अफर आउँथ्यो । यसैबीच राकेश रोशन आफ्ना छोरा ऋतिक रोशनलाई लन्च गर्न फिल्म ‘कहो ना प्यार है’ को तयारीमा थिए । बबिताकी छोरी करिना फिल्ममा आउन चाहन्छिन् भन्ने थाहा पाएपछि उनी आफ्नो फिल्मको स्क्रिप्ट लिएर उनको घर पुगे । बबिताले करिश्मा र करिनाका लागि निर्णय लिन्थिन्, त्यसैले राकेशले उनीसँग कुरा गरे र बबिता पनि तुरुन्तै राजी भइन् । राकेश रोशनका लागि पनि ‘के’ अक्षर भाग्यशाली थियो, त्यसैले उनी पनि खुसी थिए ।

फिल्मको छायाङ्कन सुरु हुनुअघि करिना किशोर नामको एक्टिङ स्कुलमा भर्ना भइन् । फिल्मको छायाङ्कन वर्सोभाको कन्भेन्ट भिल्लामा सुरु भयो । बबिता र करिश्मा पनि सुटिङका क्रममा करिनासँगै जाने गर्थे । पहिलो शेड्युल गीत छायाङ्कनको थियो र पहिलो दिन केही मात्रै दृश्य गर्न सकिएको थियो ।

भोलिपल्ट बबिताले राकेश रोशनलाई फोन गरेर करिना नृत्यभन्दा बढी अभिनयमा सहज भएकोले गीतभन्दा अघि फिल्मका अन्य दृश्य पनि सुटिङ भए राम्रो हुने थियो भनिन् । राकेशले गीतको सुटिङका लागि धेरै मानिसलाई बोलाएको र अचानक यति ठुलो परिवर्तन गर्न नसकिने बताए । तर बबिता मानिनन् । उनले करिनाले सुरुमा गीतको सुटिङ नगर्ने स्पष्ट पारिन् । दुईबीच फोनमा विवाद हुन थाल्यो र फोन राख्ने बित्तिकै बबिताले करिनाले यो फिल्ममा अभिनय नगर्ने बताइन् । 

राकेश छक्क परे र बबितालाई मनाउन खोजे तर उनी मानिनन् । बबितालाई बुझाउनका लागि राकेशले करिनाका बुबा रणधीरलाई पनि फोन गरे तर बबिताले उनको कुरा पनि सुनिनन् । अन्ततः नायिकाले नै फिल्म छोडेपछि राकेशले सुटिङ बन्द गर्नुपर्‍यो , जसका कारण उनले ठुलो क्षति बेहोरे । केही समयपछि फिल्मको सुटिङ फेरि सुरु भयो र करिनाको ठाउँमा अमिषा पटेलले कहो ना प्यार है बाट डेब्यु गरिन् ।

पछि करिनाले जे.पी. दत्ताको फिल्म रिफ्युजीबाट अभिषेक बच्चनसँग डेब्यू गरिन् । फिल्म औसत थियो, तर करिनाले यसको लागि फिल्मफेयर बेस्ट फिमेल डेब्यू अवार्ड प्राप्त गरिन् ।

kareena4निर्णय–४

आमाको अपमान हुँदा सेटमा झगडा गरिन् 

करिना कपुर सेटमा झगडा गर्ने र खुलेर बोल्ने भन्दै सधैँ चर्चामा रहन्छिन् । करियरको सुरुवातमा करिनाले अब्बास मस्तानको मल्टिस्टार फिल्म अजनबी पाइन् । यस फिल्ममा करिनासँग बिपाशा बसुले डेब्यु गरेकी थिइन् र मुख्य नायक अक्षय र बबी थिए ।

रिपोर्टका अनुसार बबी देओलकी श्रीमती तान्याले सेटमा बिपाशाको पहिरनको पूर्ण हेरचाह गरिन् । यसैबीच करिनाले आफूभन्दा बिपाशालाई बढी ध्यान दिइरहेको हो कि भन्ने महसुस गरिन् । सुरुमा करिना र बिपाशाबीच शीतयुद्ध भयो, त्यसपछि सेटमा विवाद सुरु भयो । बबिताले यो कुरा थाहा पाएपछि तान्यालाई गाली गर्न थालिन् ।

बबिताको असभ्य व्यवहारको कारण के हो भनेर तान्यालाई थाहा थिएन, त्यसैले एक दिन उनले पनि बबितालाई मुख फर्काइन् र उनीसँग झगडा गरिन् । करिनाले आमाको अपमान सहन नसकेर तान्यासँग झगडा गर्न थालिन् । बहसका क्रममा करिनाले बिपाशालाई कालो बिरालो भन्दै थप्पड हानेकी थिइन् । जब बबी देओलले झगडा रोक्न खोजे, करिनाले उनलाई पनि गाली गरिन् । 

तान्या करिनासँग यति रिसाएकी थिइन् कि उनले करिनालाई थप्पड हानिन् । 

सेटमा भएको झगडापछि करिनाले फिल्म छोड्न चाहेकी थिइन् तर घाटाको डरले उनले त्यसो गरिनन् ।

फिल्मफेयरसँगको एक अन्तर्वार्तामा करिनाले बबीकी श्रीमती तान्या आफूलाई मन नपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘उनले मेरी आमासँग दुर्व्यवहार गरिन् । यो कुरा मलाई मन परेन । बिपाशामा पनि आत्मविश्वासको कमी छ । ४ पानाको अन्तर्वार्तामा, उनले ३ पानामा मेरो बारे मात्रै कुरा गर्छिन् ।’

kareena5निर्णय – ५

आफ्नो नाम विवाहित ऋतिकसँग जोडिएपछि दिएकी थिइन् स्पष्टीकरण 

करिना कपूरले ऋतिकसँग ‘कहो ना प्यार है’ मा डेब्यु गरेकी थिइनन् तर दुवैले २००१ मा आएको फिल्म यादेंमा सँगै काम गरेका थिए । दुबैको अनस्क्रिन केमेस्ट्रीलाई मानिसहरूले मन पराए र फिल्मी सर्कलमा उनीहरूको अफेयरको चर्चा हुन थाल्यो । धेरै पत्रिकाले उनीहरुको सम्बन्धको समाचार छाप्ने गर्दथे, तर चर्चाको एउटा विषय भने ऋतिक विवाहित भएको थियो ।

लगातारको अफेयरको खबरका बीच करिनाले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा स्पष्टीकरण दिँदै भनिन्, ‘यसले उनको वैवाहिक जीवनमा असर पर्न सक्छ भन्ने चिन्तामा छु । यो मेरो लागि व्यावसायिक चुनौती हो ।’

‘अहिले ऋतिक भोलि अरु कोही हुन सक्ला । सत्यता के हो भन्ने कुरा मलाई थाहा भएसम्म यसले मलाई फरक पार्दैन । मेरा लागि यी अफवाह सबैभन्दा चकित पार्ने खालका हुन् । मानिसहरुले लेखिरहेका छन् कि ऋतिकका लागि मआफ्नो करियरलाई तिलाञ्जली दिन तयार छु । प्लिज । कुनै पुरुषका लागि म आफ्नो करियर छोड्दिनँ ।’

केही समयपछि दुवैले फेरि फिल्म ‘कभी खुशी कभी गम’ मा सँगै काम गरे, त्यतिबेला उनीहरुको अफेयरको खबर झनै बढ्यो । फिल्ममा करिनाको पूजा उर्फ पूको पात्रलाई निकै मन पराइएको थियो । यसमा करिनाको कास्टिङको कथा निकै रोचक छ ।

वास्तवमा करण जोहर मनिष मल्होत्रासँग एक फिल्म पार्टीमा गएका थिए । त्यहाँ उनको नजर करिनामाथि पर्यो । करिना एक्लै उभिएर एटिट्युडमा उभिएर पोज दिँदै थिइन् र त्यहाँ कोही फोटोग्राफर पनि थिएनन् । करिनाको स्टाइल देखेर करण यति प्रभावित भए कि उनले करिनालाई ‘कभी खुशी कभी गम’ मा मात्रै कास्ट गरेनन्, उनको चरित्रलाई पनि आधार बनाए । फिल्मको सुटिङ सकिएपछि पनि करिना ‘पू’ को चरित्रबाट बाहिर निस्केकी थिइनन् र घरमा यही एटिट्युड लिएर घुमिरहन्थिन् । 

यस्तो देखेर रिसाएकी बबिताले एक दिन करण जोहरलाई फोन गरेर भनिन्, ‘करिनालाई सुटिङ सकिइसकेको र उनलाई अब पूको भूमिकामा बस्न आवश्यक छैन भनेर तिमीले भन्न सक्छौँ ?’

अन्ततः फिल्म रिलिज भयो र त्यो वर्षको सबैभन्दा ठूलो फिल्म बन्यो । केही दृश्यमा शाहरुख र ऋतिकको उपस्थिति भए पनि करिनाले मानिसको ध्यान खिचेकी थिइन् । फिल्मपछि करिना र ऋतिकको अफेयरको हल्ला झन् बढ्यो ।

kareena_निर्णय – ६

करियरको शिखरमा हुँदा गरिन् प्रयोग

फिल्म कभी खुशी कभी गम पछि करिना कपूरको ब्याक टू ब्याक मुझे दोस्ती करोगी, जीना सिरफ मेरे लिए, तलाश, खुशी, मैं प्रेम की दीवानी हूँ फ्लप भयो । यसैबीच उनलाई सुधीर मिश्राको फिल्म चमेलीमा यौनकर्मीको भूमिका अफर गरिएको थियो । करिनाले यौनकर्मीको भूमिकामा आफूलाई सहज नभएको भन्दै फिल्म अस्वीकार गरिन् ।

केही समयपछि जब सुधीर मिश्राले करिनालाई फेरि सम्पर्क गरे, उनी आफ्नो करियरमा प्रयोगात्मक भूमिका गर्न राजी भइन् । भूमिकाको लागि तयारी गर्न, करिना मुम्बईका धेरै रेड लाइट क्षेत्रहरूमा गइन्  र त्यहाँका महिलाहरू जस्तै व्यवहार गर्न र लुगा लगाउन सिकिन् । यो फिल्म करिनाको करियरमा कोशेढुङ्गा  साबित भयो र यसका लागि उनले फिल्मफेयरबाट स्पेशल ज्युरी अवार्ड पाएकी थिइन् ।

यसपछि मात्रै करिनाको करियरमा युवा, देव, फिदा, ऐतराज जस्ता समीक्षकहरुले प्रशंसा पाएका फिल्महरु आए ।

tassanनिर्णय – ७

अचानक बनाइन् जिरो फिगर

टशन फिल्मको सुटिङ गर्नुअघि करिनाले अचानक तौल घटाउने सोचिन् र जिरो फिगर पाइन् । यसका लागि उनले कडा वर्कआउट गरिन् र आफ्नो खान्की पनि कम गरिन् । भनिन्छ, यस क्रममा करिना यति कमजोर भइन् कि टशनको सेटमा उनी बारम्बार बेहोस हुने गर्थिन् । तर, उनी जिरो फिगर हुने पहिलो बलिउड अभिनेत्री हुन् । यो उपलब्धि भए पनि दर्शकले करिनाको जिरो फिगरलाई मन पराएनन् ।

निर्णय – ८

२ सन्तानका पिता सैफ अली खानसँग विवाह 

जब वी मेटबाट करिना कपुर शाहिद कपूरसँग डेट गरिरहेकी थिइन्, तर २ वर्षपछि उनले शाहिदसँग ब्रेकअप गरिन् । फिल्म टशनको सुटिङका क्रममा करिना सैफ अली खानसँग नजिक भइन् र उनीहरुलाई सैफिनाको नामले चिनिन थालियो । सम्बन्धको खबर आएसँगै करिना विवादमा आइन् ।

खबरका अनुसार करिना सैफ अली खान र अमृताको विवाहमा गएकी थिइन्, जहाँ उनले सैफलाई बधाई दिँदै भनेकी थिइन्, ‘बधाई छ अंकल ।’ तर यो विवादले उनीहरुको सम्बन्धलाई केही असर गरेन ।  करिनाले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरिन् ।

विवाहको दिन सैफले आफ्नी पहिलो पत्नी अमृता सिंहलाई पत्र लेखेर जीवनमा अगाडि बढ्न सल्लाह दिएका थिए तर उनले त्यो चिठी अमृतालाई पठाउनुअघि करिनालाई पढ्न दिएका थिए । करिनाले उनलाई यसो गर्न अनुमति मात्र दिइनन् उनका दुई छोराछोरी सारा अली खान र इब्राहिमलाई पनि साथीको रूपमा व्यवहार गरिन् । 

निर्णय – ९

परिवारका लागि फिल्मबाट टाढिइन्

करिना कपुरले सैफ अलीसँग विवाह गरेपछि फिल्ममा ठूलो भूमिका खेल्न अस्वीकार गरेकी थिइन् । उनी आफ्नो अधिकांश समय आफ्नो वैवाहिक जीवनलाई दिन चाहन्थिन् । यस्तो अवस्थामा उनले खोज, सत्याग्रह, सिंघम रिटर्न, बजरंगी भाईजान जस्ता फिल्ममा काम गरिन् जसमा उनको खासै ठूलो भूमिका थिएन । जेठो छोरा तैमुरलाई जन्म दिएपछि करिना फिल्मबाट केही समयका लागि टाढा भइन् । तर, सैफको आग्रहमा करिनाले फिल्म वीरे दी वेडिङबाट २ वर्षपछि अभिनयमा पुनरागमन गरिन् ।

निर्णय – १०

तैमुरको नाममा धम्की आए पनि दोस्रो छोराको नाम राखिन् जहाँगीर 

करिनाले सन् २०१६ मा जेठो छोरालाई जन्म दिएपछि उनको नाम तैमुर राखिन् । तैमुरको जन्म भएको ८ घण्टापछि उनलाई भेट्न एक व्यक्ति आए, जसले उनको नाममाथि प्रश्न उठाए । अस्पतालमा भर्ना भएकी करिना यो देखेर स्तब्ध भइन् ।

करिनाले एक अन्तर्वार्तामा भनिन्, ‘हामीले आफ्नो छोराको नाम तैमुर राख्यौँ जसको अर्थ फलाम हो । त्यो नामको शासकले वर्षौं अघि गरेको कुराले के फरक पार्छ ? हामीलाई जुन नाम मन पर्यो, त्यही नाम राख्छौँ । ’

त्यसपछि करिनाले सन् २०२० मा कान्छो छोरा जन्माइन् । उनको नाम जहांगीर राखिन् । यसमा पनि विवाद भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप