बानेश्वर र सिंहदरबार क्षेत्रबाट २७ जना प्रदर्शनकारी पक्राउ
काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका २७ जना नेता–कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
संसदमा प्रस्तुत शिक्षा विधेयकको खारेजी, देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन र त्यसका लागि शिक्षाको राष्ट्रियकरणको माग गर्दै विरोध प्रदर्शनमा सहभागी भएको अवस्थामा सिंहदरवार र नयाँ बानेश्वर क्षेत्रबाट आफ्ना पार्टीका २७ जनालाई पक्राउ गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कञ्चनले जनाएका छन् ।
उनका अनुसार बानेश्वर क्षेत्रबाट पक्राउ पर्नेमा वसन्त वोगटी, शारदा महत, इन्दिरा अधिकारी, सुनिता बुढाथोकी, मन्जिल बोगटी, युवराज थापा, रोशन कार्की, अर्जुन बोगटी लगायत दश जना छन् ।
त्यसै गरी सिंहदरवार पश्चिम गेट परिसरमा शान्तिपूर्ण विरोध गरिरहेका विद्यार्थी नेताहरु हरिकृष्ण गजुरेल, मिलन राई, पेशल दाहाल, प्रभात भट्टराई, वीरेन्द्र शाह, रुपा बुढा, मीन एडी, राजन राउत, गोविन्द बिष्ट, स्मृति कार्की, सर्जन पाण्डे, लक्ष्मी पाण्डे, मिलन बुढा, स्तालिन बस्नेत, रोशन यादव, लक्ष्मण बम, समीर विक लगायतका विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।
प्रहरीको बुट र लाठी प्रहारबाट मीना ऐडी, लक्ष्मी शाह, राजन राउतसहित थुप्रै विद्यार्थी घाइते भएको जनाइएको छ ।
‘राष्ट्रिय सरोकारको विषयलाई लिएर गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गठबन्धन सरकारले गरेको प्रहरी दमनको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भर्त्सना गर्दछ,’ प्रवक्ता कञ्चनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घाइतेहरुको उपचार गर्न र गिरफ्तार हुनु भएका पार्टीका नेता तथा कार्यकर्ता र विद्यार्थीहरुलाई अबिलम्ब रिहा गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण